गुरु भट्टराईको प्रहार बाबुराम भट्टराई माथि………………

Sharing is caring!

बाबुराम भट्टराईको कथित राजनीतिक जीवन सरसर्ती नियाल्दा मात्रै यिनको रुप र सार प्रष्ट हुन्छ।


भारतको जेएनयुमा पढ्दा मर्क्सबादी राजनीतिमा आफु तानिएको बताउने बाबुराम भट्टराई भारतबाट ३५ सालतिर मास्टर्स सकेर नेपाल फर्किदा तात्कालिन पञ्चायत र महाराजको ताबेदारी गर्ने ऋषिकेश शाहको मानवाधिकार संगठनको सदस्य बनेर फर्के। भन्न चै आफुलाई कम्युनिष्ट नै भन्थे क्यार त्यो पनि बन्दूकको नालबाट सत्ता जन्मिन्छ भन्ने माओवादी सिद्धान्तले ओतप्रोत भएको। सर्बहारा अधिनायकत्व सहितको एकदलिय कम्युनिष्ट शासन स्थापित गरेर साम्यवादसम्म पुग्ने सिद्धान्तनै बैज्ञानीक सिद्धान्त हो भनेर ४० बर्षसम्म गरिव नागरिकलाई मर्न र मार्न उतारेपछी आफु नाइके हुन पाइएन भनेर अहिले आफु मार्क्सबादी सिद्धान्तनै मान्ने तर कम्युनिष्टले आजको युगको बिकासको गती समाउन सक्दैन, त्यसैले नयाँ सोच सहितको नयाँ शक्ती चाहिन्छ भनेर गफ गर्दैछन। त्यो नयाँ भनेको के हो भन्दा त अहिलेको आइटिको बिकास पछ्याउन सक्ने, आधुनिक औध्योगिकरणको मार्ग पक्छ्याउन सक्ने बिचार रे। आइटी र उध्योग त यिनले मात्र पढेझै छ। अनी मास्तिर चीनले चै ठेलागाढा ठेलेर दुनियाँलाई उछिनेको होला।

photo: fb.com/Guru.bht

यिनको नयाँ युगको नयाँ बिचार भनेको चै फेसबूकमा फुटा पोस्ट्याउन अनेक अनेक ठाउमा पुगेर थुतुनो देखाउदै “फल्नालाई भेट्दा गौरवान्वित भये , युरोपको बिकास देखेर चकित भैयो, जनयुद्धका योद्धा भेट्दा गौरवको अनुभुती, फल्नाको बिचारोत्तेजक बिष्लेशण” भन्दै फोटो खिच्नु हो। कुनै बेला जातै पिच्छे प्रदेश चाहिन्छ अथवा १% भन्दा माथि भएका १८ वटा जात जातिलाई छुट्टा छुट्टै प्रदेश बनाउनु पर्छ भन्ने बाउराम अहिले देश दौडाहाका नाममा मेची महाकाली धाएपछी काठमान्डौ आएर भन्छन – जनताले संघियता मन नपराएको देखियो। अनी वर्तमान नेकपाले कम्युनिष्ट नाम हटाउनु पर्ने नत्र एकतन्त्रबादी बुझिने, बिदेशी सहयता न आउने हुन्छ रे। यि बुङ्थाले बोकेको कथित नयाँ भन्ने बिचार चै “युग र परिस्थिती अनुसार परिस्क्रित् बिचार ” रे, अरुका बिचार चै परिस्क्रित् नहुने, नाम कम्युनिष्ट भयो कि लेनिन र माओकै पालाको एकदलिय चिन्तन नै रहिरहने – गज्जब फर्मुला। दुई दिन अघी नेकपामा मिसिने परिस्क्रित नयाँ बिचार, १५% सिट न पाउने बित्तिकै ४८ घण्टामै मुन्टो अर्को तिर बङ्याएर त्यो पुरानो बिचार। मान्छे अरुको हली भएपछी लाज घिन शरम सबै हराउदो र’छ।

यहाँ नोटिस गर्नु पर्ने मुख्य कुरा भनेको “बाउरामको राजनीतिक इन्ट्री प्रतिकृयाबादी पञ्चायतको ताबेदारी गर्ने ऋशिकेश शाहको संगठनबाट हुँदै अन्तमा फेरी घोर पूँजीवादी चिन्तन र अझ समाज बिघटन गर्नेसम्मका बिचारमा आइपुगेको छ। ४० बर्षको यि दुई बिन्दु बिचको यिनको रुप भने जासुसी र पश्चिमा एजेन्टको रुपमा असफल रह्यो। त्यसैले सुरु र अन्त्य एउटै बिन्दुमा पुगेको हो। अहिले पश्चिमाले जे जे बक्छन, बाबुरामको सार पनि त्यसैको वरीपरी रहने गर्छ – ख्याल गर्नुस।

गुरु भट्टराइको फेसबुक बाट

You may have missed