रोचक

“कैदी”

केही दिन देखि बेसरी टाउको दुख्न थाल्यो।मैले औसधि पनि खाए तर निको हुन सकेन दुखी नै रहयो ।अस्ति शनिवारको दिन म हस्पीटल पनि गए चेक जाँच पछि डाक्टर साब एक निस्कर्समा पुग्नु भएछ भन्दै थियो मौसमको कारण हो।हुनु त यो नौलो कुरा होईन पहिले पनि यस्तै भएको थियो यो पर्देशको भुमीमा आखाँ चिलाउने जिउँ चिलाएर गोहिको छाला जस्तै हुन्छ सायद कामै तेस्तै भएर होला।यो पाली भने अती बेसरी दुख्न थाल्यो टाउको जब सुत्छु ढ्ल्छु निको भाको अनुभव गर्छु उठे पछि फेरि दुख्न थाल्छ म आफै चकित थिए अचनाक किन यस्तो मलाई भनेर अहिले पनि दुखी रहेको छ तर मनमा उठेको अनेकौ भवानालाई म कैद गर्नु चहान्छु आफ्नो मोबाईको नोट प्याडमा भनिन्छ आफुलाई पीडा पर्दा मन रुदा लेख्न पर्छ हल्का हुन्छ मन।

आफ्नो देश जस्तो हैन पर्देश दुख्यो म सक्दीन भनेर पाईदैन काम गर्नै पर्छ।झटहेर्दा पैसाको लागि मरि मेटि रहेको जस्तो देखिन्छ बिरामी हुदा पनि काम गरेको तर यथार्थमा यो बाध्यता हो।हामी स्वतन्त्र त छौ तर पनि कता कता आफू कैदी झै लाग्छ कहिले काहीँ।बाहिर हिड्छौ,घुम्छौ,आफुलाई मन परेको वस्तुहरु पनि किन्छौ तर पनि कता कता आफुलै आफुलाई कैदि महशुस गर्छु यो पर्देशमा।
साची नै सोचेको जस्तो छैन पर्देश हो हामी दुख नै गर्न आएको हौ अरुको देशमा दुख गर्दै छौ दुख पनि गर्नु पर्छ तर एक मनले भन्छ पर्देश साची नै नर्ग हो।यो नर्ग बाट कैले छुटकारा पाउला भनेर बारम्बार कल्पना गर्छु तर फेरि देशको अबस्था हेरि मनै मन भन्छु खै देशमा गएर के गर्नु गर्नी ठाउँ छैन गरि हाले पनि पर्देशमा दिन रात नभनी दुख गरेको पैसा फस्ला भन्ने डर।
हामी नेपाली सधियौ देखि “Danger Zone ” मा थियौ र यहि “Danger Zone ” मा नै रहन्छौ हामी।नेता हरुको छोराछोरी नाता-नातिनी ठूलो ठूलो देशमा पढि रहेको छ्न हामी जस्ता गरिब जनताको छोरो अरुको देशमा कुल्ली मज्दुरी गर्न बाध्य छौ झट हेर्दा सोच्दा तत्कालीन राणाहरुले गर्ने शाशन जस्तै लाग्छ।कठै हामी नेपाली कती उल्लु छौ कमाएको पैसा तलबलाई तुलना गर्छौ रास्ट्रपति सगं रास्ट्रपतिले कमाएको पैसा हामी कमाउछौ महिनामा भनेर पख पर्छौ खैर सधियौ देखि उल्लु नै थियौ उल्लु नै रहन्छौ हामी नेपाली ।

करिब ६ वर्ष अगि मेरो mobile को घन्टी बजि रहन्थ्यो कल गर्नु हुन्थ्यो बुवाले।सन्चो बिसन्चो सोधी राख्नु हुन्थ्यो दैनिक जस्तो तर अचेल फोनको घन्टी बज्न छोडी सक्यो किन कि बुवा बिती सक्नु भयो।हिजोको रात यहि कुरा सोचेर कटाए मैले काम गरि आफ्नो कोठामा आए खान खाए र औसधि खाए।आफ्नो पलङमा पल्टीर माथी फर्की हेर्न थाल्या सबै अन्धकार लाग्यो यो मेरो कोठा नभएर पुरै कैद खाना जस्तो अनुभव गर्न थाले मैले यता हेर्छु भित्ता उत्ता हेर्छु भित्ता यो चार भत्ता नै मेरो दुश्मन कैद खान जस्तो लाग्यो यो भित्ताहरुले मलाई जिस्काउदै छ जस्तो महशुस गरे मैले।मोबाईको ग्यालरीमा गएर बुवाको फोटो हेर्न थाले मन थाम्न सकिन आँसु झर्यो चिचाएर रुनु मन थियो,लडिबुडी गरि रुनु मन थियो तर यो पर्देश हो जती नै पीडा भएनी नत चिचाएर रुनु नै सकिन्छ न त कराउनु नै सकिन्छ आफू भित्र भित्र आशुको हत्या गर्नु पर्छ।हो मैले त्येसै गरि बिगत ७ वर्ष देखि मैले मेरो आसुको हत्या गर्दै छु आफू भित्र नै बन्द कोठा भित्र र पो म आफुले आफुलाई कैदी महशुस गर्छु यो पर्देशमा।
-सुरज तामाङ(वाईबा)

Related Articles

Back to top button
Close