राजनीतिसमाज

मुलुकले अब असाधारण आर्थिक वृद्धि गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणा गरेका छन् । मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको दावी उनले गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई अघि बढाउन लागि परेको उल्लेख गर्दै निराश नहुन पनि सबैलाई आह्वान गरे । उनले चालू आर्थिक वर्ष भित्र मुलुकमा कृषिमा नौं प्रतिशत आर्थिक वृद्धिदर गर्ने महत्वकांक्षी योजना रहेको बताए । शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्सार नाकाहरुबाट आयात घट्न सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको उल्लेख गर्दै यसले असाधारण आर्थिक वृद्धिदरको संकेत दिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नौ महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अव रफ्तारका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले सरकार ‘कठैबर’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दैै दुनिँयाले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने दावी गरे । प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख प्रगति गरेको पनि दावी गरे ।

Tags

Related Articles

Back to top button
Close