गरिबी,पर्देश,बाध्यता र रातो काठको बाकस

Sharing is caring!

गरिबी,पर्देश ,बाध्यता, काठको बाकस भित्रको छोरोको मृत शरिर रातो बाकसमा अनि रोग बाट ग्रशीत आमा छेउमा। सपना ठूलो थिएन सानै थियो रोगी आमाको उपचार गर्ने रिणले थिचेको घरलाई माथी उठाउने,छ्वालीको घरलाई जस्ता हालेर वर्षैउनी छ्वालीमा प्वाल पर्छ घाम पानी ले वर्षा याममा पानी चुहिन्छ छानो बाट त्यो टाल्ने रहर जस्ता पाताले।बाबा पनि बुडो उमेर ७० कटि सकेको घरको जेठो छोरो आफू काध भरि जिम्मेवारी ।भाइ बहिनी सानै छ बिधालय जाँदैछ राम्रै पढ्छ्न भन्छ म ठूलो भएर डाक्टर ,इन्जीनिएर बन्छु मैले नि सानो मा यस्तै भन्थे म ठूलो भएर पाईलट बन्छु तर यथार्थ अर्कै हुद रहेछ गरिबको सपना सपना मै सिमीत हुद रहेछ।

नेपाल सरकारको हरियो राहादानी बनाउने लागे शहर, खल्तीमा साहुसगं चर्को ब्याजमा लिएको पैसा र मन भरि सुनौलो आशा बोकी। शहर राजधानी काठमाडौ ओ!!हो कत्रा ठुला ठूला घर अनि मोटर हरु कती रङ्गीन रहेछ राजधानी काठमाडौ पहिला चोटि देखे। कती धेरै मान्छे हरु हुद रहेछ कपडा पनि कती राम्रा राम्रा लगाएको राजधानीको मान्छेहरुले।आफ्नो कपडा हेरे मैलो परि सकेको चप्पल हेरे हातिछाप चप्पल अनि खुट्टा पट् पट फुटेको हलि जाननै पर्छ के गर्नु नत्र खानालाई पनि पुग्दैन के हिलो के माटो केही भन्न पाउदैन।

राम्रो बिदेश पठाउने म्यानपावर छ भनेर गाउँको दाजुले भन्नु भयो गए म्यान पावर हिड्दै होटलमा बसेको थिए साधा खान्ना रु ३० मात्रै बस्न सितैमा गनाउने शिरक रहेछ तर आफुलाई त स्वर्ग मै आए जस्तो लाग्यो गाउँमा कहाँ पाउनु शिरक दश्ना गुन्द्री मै सुत्न पर्छ न त केही ओड्ने नै छ। म्यानपावर मा बुझदै जादा दोहा कतारमा लेबरीको काम छ रे तलब ३० हजार रुपैया रे मैले हुन्छ भनी दिए मन भरि खुशी नै खुशी हर्षको आँसु बग्न थाल्यो शरिर चेक जाँच गरे पछि छिटै उड्ने भए दोहा कतारमा अँ साची त्या गाउँको दाइ हरु नि छ भन्ने सुनेको थिए राम्रो दाम कमाउछन रे अस्ति घर आउदा ठूलो रडियो बोकि आएछन म पनि फर्की आउदा किनेर लान्छु ठूलो अवाज दिनी रेडियो।

राजधानी काठमाडौ बाट गाउँ मा लागे अन्तीम बिदाईको लागि बुढा बुवा रोगी आमा साना केटाकेटी भाइ बहिनि सबै खुसी थिए।ऋण माग्नु भएछ बुवाले घर धितो राखी २ वर्षको भाका राखी चर्को ब्याजमा। निस्कीए घर बाट एक झोला काधमा बोकी सबै जना बेसरी रुनु भयो. म नि रुदै आए तर खुशी थिए अब कमाउने भए भनेर। प्लेन चडे निकै डर लाग्यो म जस्तै लेबरीमा जाने थुप्रै थिए कोहिले प्लेनमै रौक्सी खायो सितैमा पाको बेला भनि।प्लेन बाट उत्रीने बितिकै निकै गर्मी हुदो रहेछ पसिना आउन थाल्यो बस्ने ठाउँमा सिधै लगेर गयो लाने मान्छे नेपाली नै रहेछ सुपर भाईजर साप रे कम्पनिको।

काम गर्न थाले निकै गारो रहेछ काम ठूलो घर बनाउने थियो काम ३० हजार तलब भनेर २० हजार मात्रै दियो तलब बाकी १० नेपाली सुपर भाईजर सापको खल्तीमा जादा रहेछ काम बिग्रेको दिन नेपाली सुपर भाईजर सापले हुने नहुने गाली दिन्थे खाते,माग्ने,भिकारी,पाखे यस्तो गाली दिन्कै सुन्न पर्थियो। माथिलो तल्लमा भारी बोक्दै थिए सहकर्मी साथी र म उमेर मेरो जती नै २०-२२ रहेछ निकै गफ चल्थियो हाम्रो गाउँ घरको रमाईलो सुख दुखको कुरा हरु।माथी भारि बोक्दै दुबै जादै थिथौ अचानक माथी बाट रड भाचेर हामी दुई लाई लाग्यो अरु त भागी गएछन।सहकर्मी साथी त्येई मर्यो उस्को टाउको मा लाग्यो ड्याम्म गिदि नै उछिटीएछ बाहिर मेरो भने छातीमा फलामले बजारेको थियो सिधै हस्पीटल लगेछ मलाई।

हिजो सम्म गफ गर्ने त्यो साथी भने मरि सकेको थियो उस्को लास लाने तयारी मा थियो एक दिन पछि लास लाने पक्का भयो।आखै अगांडी रातो बाकसमा हालेर लाने भयो उस्लाई काम गर्दा जहिले भन्थ्यो मलाई त रातो रङ्ग अती मन पर्छ यार मेरो बुडि रातो साडिमा घरमा भित्राउदा लक्ष्मी भगवान जस्तै देखेको थियो अँखा मा झल झल आउँछ त्यो दिन।बिहे भएको मात्रै केही महिना भएको रहेछ स्वास्नी गर्भबती रहेछ पेटमा बच्चा रहेछ निकै खुशी थियो बाउँ बन्ने भो भनेर सपना सजाउदै थियो मिठो।आखिर मरेर रातै बाकसमा जान पर्यो। म पनि त हस्पीटल मै छु मर्छ या बाच्छु थाहा छैन सायद मलाई पनि लान्छन होला यसरी नै काठको नयाँ रातो बाकसमा मरि गएछु भने।