प्रचण्डले ढुंगाबाट पनि समृद्धि आउँदो रहेछ भनेपछि……

Sharing is caring!

नेपालसहित अन्य ६ देशका कलाकारहरुले ढुंगामा निर्माण गरेका कलात्मक आकृति हेर्दै प्रचण्डले भने ‘ढुंगाबाट समेत समृद्धि आउँदो रहेछ ।’ ढुंगामा कुँदिएका कलात्मक आकृतिसँग उनले फोटो समेत खिचे । उनले उक्त पार्कलाई प्राकृतिक (नेचुरल ) बनाउन समेत सुझाव दिए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङको बेलबारी – १० मा रहेको पूर्व पश्चिम राजमार्गसंगै जोडिएको सृजना सामुदायिक वनमा निर्माणाधिन रक  पार्कको अवलोकन गरेका हुन ।

सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ विगाहा जग्गामा निर्माणाधिन पार्कको पहिलोचरणको कार्याशाला भने मंगलबार सकिँदै छ । नेपालसहित भारत, जापान, जर्मन, बंगालादेश, इटालीलगायत देशका ४२ जना कलाकारले मूर्ति बनाइरहेका छन् ।

पुरा पद्नुहोस: नँया पत्रिकामा