देउबाको गर्जन: महामन्त्रीजी गुट अन्त्य गर्न सहयोग गर्नुहोस

Sharing is caring!

file photo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुटले पार्टीलाई फाइदा नपुर्याएको बताएका बताउदै महामन्त्री शशांक कोइरालालाई गुट अन्त्य गर्न सहयोग गरिदिन आग्रह गरेका हुन्।

नेपाल ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसमा मंगलबार काठमाडौंमा सभापति देउवाले भने, “गुटले कसैलाई पनि फाइदा गर्दैन। म गुट, उपगुट अन्त्य गर्न चाहन्छु। महामन्त्रीजी सहयोग गर्नुहोस्।”

सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएर जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेकोमा कांग्रेसले विरोध गरेको देउवाको भनाइ थियो। सरकारले आफू प्रधानमन्त्री भएका बेला सुरू गरेका काम अहिलेको सरकारले गरेको भन्दै प्रचार गरेकोमा देउवाले आपत्ति पनि जनाए।