राष्ट्रिय जागरण अभियान नेपालको गंगबुमा खबरदारी सभा

Sharing is caring!

राष्ट्रिय जागरण अभियान नेपालले नेपालको नागरिकता एन २०६३ संसोधनको लागि छलफलको  लागी पेश गरेको संसोधन प्रस्तावको बिरुद्दमा २०७५ चैत १६ गते गंगबुमा खबरदारी सभा सम्पन्न गरेको छ।  राष्ट्रिय जागरण अभियान नेपालको केन्द्रिय उपाध्यक्ष राम बहादुर थापाले संचलान गर्नु भएको सभामा बक्ताहरु रिता  मानुषी, रजनी लामा र कमल तामांग हुनुहुन्थ्यो।


राष्ट्रिय जागरण अभियान नेपालको उपाध्यक्ष रिता मानुषीले बुवा आमा ठेगान नभएको नाबालकलाई नागरिकता दिदा खुल्ला बोर्डरको कारणले लाखौ भारतीयहरुले अनाथाको नाममा नेपाली नागरिकता पाउन सक्ने तर्फ सचेत रहन आग्रह गर्नुभएको छ।  साथै हरेक बम्सजको आधारमा प्रदान गर्ने नागरिकतामा आमा अथवा बुवा जुन सुकैको नाम बाट लिनु पाउने भन्ने प्राबधानलाई सच्याउदै आमा र बुवाको नाम अनिबार्य रुपमा उल्लेख गर्नु पर्ने माग राख्नु भएको छ।


त्यस्तै जागरण अभियान नेपालको केन्द्रिय सदस्य रजनी लामाले यो प्रस्तावित बिधयक पारित हुदा साँस्कृतिक रुपमा बिकराल समस्या आउन सक्ने  तर्फ इंगित गर्दै यसले नेपालीपन हराएर जाने र बिदेशी सस्कृति हाबी हुने तर्फा इंगित गर्दै बाबुको पहिचान नभएपनि नागरिकता पाउने भन्ने बुदाहरु सच्याउन आग्रह गर्नु भएको छ।


राष्ट्रिय जागरण अभियान नेपालको केन्द्रिय सदस्य कमल तामांगले यदि यो प्रस्तावित विधयेक पारित भयो भने आगामी दिनमा नेपालमा  बिदेशी नै बिदेशी भर्ने र नेपाली जनतालाई रोजगारको लागी विदेश पठायर नेपालमा तिनै अन्ग्रिकृत नागरिकताधारी बिदेशीले शासन गर्ने तर्फ इङ्गित गर्नुभएको छ।

उहाले यो बिध्यक पारित गराउन पश्चिमा पनि खुलेर लागेको र आगामी दिनमा लाखौ पश्च्निमीहरुले पनि नागरिकता लिन सक्ने तर्फ इंगित गर्दै  बिदेशी ज्वाईको रुपमा पश्चिमाहरुले नेपाली नागरिकता लिने अनि नेपालमा बसेर खुल्लेआम रुपमा तिब्बती सरणार्थीहरुलाई भड्काएर चिन बिरुद्द खुल्लेआम गतिबिधि गर्न सक्ने तर्फ संकेत गर्दै त्यसतर्फ सचेत हुन आह्वान गर्नुभयो।




×

Like us on Facebook