अनि त्यो युवाले विदेश नगएर के गरोस ? एक पटक सबैले पढ्नै पर्ने…सक्दो शेयर गर्नुहोला

Why Nepali Youngs Flying Abroad from Nepal

Sharing is caring!

नेपालमा कुनै व्यवसाय गर्छु भनेर बैंकमा ऋण मग्न जानुहोस, हजार प्रस्न , सैयौं कागजात माग्छन अनि महिनौ लाग्छ ऋण स्वीकृत हुन। अस्ट्रेलिया जान्छु भन्नुहोस निसंकोच पचासौ लाख लगानी गर्छ। १० रुपैंयाको चुरोट/गुटका बाँकी नपत्याउने साहुलाई पनि विदेश जान्छु भन्नुहोस, जत्ति ऋण दिन पनि तयार हुन्छ। अरु त अरु आफ्नै बाआमालाई पनि नेपालमै केहि गर्छु भन्नुहोस, विश्वासभन्दा बडी संकाको नजरले हेर्नुहुन्छ, विदेश जान्छु भन्नुहोस निसंकोच जत्ति पनि लगानी गर्दिनु हुन्छ।

गाउँघरमा कसैले छोरा आजभोली के गर्दैछ भनेर सोध्दा नेपालमा उद्यमी बनेको छ, भैंसी पल्दैछ भन्न तेत्ति गर्व लाग्दैन बाबुआमालाई। तर जसको छोराछोरी विदेशमा हुन्छ उहाँहरु छाती फुलाएर भन्नु हुन्छ, “मेरो छोरा अस्ट्रेलियामा छ, मेरी छोरी अमेरिकामा छे।” अझ “मलाई पनि दुइपटक अमेरिका लागिसक्यो नि” भन्दा गफ सुनिरहने बाबुआमाको मन पनि कटक्क हुन्छ अनि आफ्नो सन्तान चाहिं नालायक भएको ठान्नु हुन्छ। “अनि तेरो केटा साथी चाहिं के गर्छ?” भनेर मम्मीले सोध्दा, “नेपालमै कुखुरा पालन गर्छ।” भन्न नि अफ्ठ्यारो युवतीहरुलाई। आजभोलि उहाँहरुलाई सरकारी जागिरे भन्दा ग्रीनकार्ड होल्डर नै मन पर्छ।

नयाँ बानेश्वोर, पुतलीसडक अथवा काठमाडौँको चोक-चोकमा उभिएर हेर्नुहोस, सबै घरको भित्ताभित्तामा एत्ति ठूलो अक्षरले “स्टडी इन फलानो देश” लेखेको हुन्छ कि लाग्छ नेपालमा सबैको आँखा कम्जोर छ। यस्तो लग्छ सबै व्यवसाय नेपालीलाई विदेश पठाउने मात्र खालको छन। पत्रपत्रिकामा खुशीको खबर भनेर आउछ, “अब जापानले पनि नेपाली कामदार लाने भयो।” मंत्री ज्युहरु विदेश भ्रमणमा जादा श्रम सम्झौता मात्र गरेर फर्किनु हुन्छ, व्यापार सम्झौता गरेको कमै सुनेको छु।

हाम्रो सफलताको सूचक नै फेरिएको छ, हाम्रो संस्कार नै बदलिएको छ। हाम्रो अबको पुस्ता विदेशिने सपना लिएर हुर्कन थालेको छ। परदेश बाध्यता भन्दा बडी रहर हुन थालेको छ। यो सबै गलत हुन अनि म चाहिँ सहि भन्न खोजेको होइन, मलाई चिन्ता लागेको चाहिँ यो देशको भविष्यसंग हो, आशा लाग्दो युवा सबै बाहिर पठाएर के हामी समृद्ध नेपालको सपना देख्न सक्छौ र ?.. जय देश।🇳🇵🇳🇵

#फेसबुकमा_भेटेको_लेख