‘सरकारकाे अर्थ नीतिबाट मुलुक समृद्ध बनाउन सकिदैन’

Kamal Thapa does not like governenment economy policy

Sharing is caring!

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारकाे अर्थ नीतिबाट मुलुकलाई समृद्ध बनाउन नसकिने बताएका छन् । उनले मुलुक समृद्धिको मुख्य आधार रहेको रेमिट्यान्स सदुपयोग गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सरकारले लिएको समाजवाद उन्मुख अर्थनीतिको नारा आकर्षक भए पनि मुलुक समृद्ध बनाउन नसक्ने दाबी गरेका हुन् । उनले मुलुकलाई समृद्ध बनाउन प्रवासी नेपालीको महत्वपूर्ण योगदान रहने विश्वास गरे ।

कार्यक्रममा अध्यक्ष थापाले मुलुकको समृद्धिका लागि आफ्नो पार्टीले उदार अर्थ नीतिको पक्षपोषण गर्ने बताए ।

You may have missed