नेपालमा अब कोही पनि गरिब नहुने

KP Oli claims that no Nepali would be poor now

Sharing is caring!

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही पनि गरिब नहुने दाबी गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री नेपालमा श्रमजीवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृतिविकास र आर्थिक स्थिती सुधार गर्नका लागि सधैं सकारात्मक रहने बताए ।

सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौँ’, उनले भने, ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।’

प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबाट रोक्ने नभइ गरिबलाई धनी बनाउने बताए छ । ‘सामाजिक समानताका आधारमा गरिबलाई पनि खान लाउन र दैनिक जीवन सहज रुपले धान्न पुग्नेगरि कार्यक्रमहरु ल्याउछौँ’ प्रधानमन्त्री ओलीले भने, ‘सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । तर, हामी त्यो अवस्थामा पुग्छौं ।’

उनले शितलहरबाट तराईमा हुने मृत्युलाई रोक्न सरकार प्रतिवद्ध भएको पनि बताए । ‘शितलहरबाट जोगाउनका लागि सुरक्षा निकाय, स्थानीय तह प्रशासन, निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ’, ओलीले भने, ‘यस बर्ष देखि जाडोले कठ्यांग्रिएर कसैले मर्नु पर्दैन ।’

You may have missed