निर्मला र बाइडबडी प्रकरणबारे यस्तो भने प्रधानमन्त्री ओलीले

KP Oli talks about Nirmala Panta

Sharing is caring!

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भए छानबिन गर्ने बताएका छन् । बिहीबार बसेको नेकपा स्थायी कमिटीमा ओलीले यस्तो बताएका हुन् ।

बुधबार बसेको संसद बैठकमा विपक्षी नेता शेरबहादुर देउवाले बाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेका थिए । त्यस्तै नेकपा नेताहरुले पनि आज बाइडबडी खरिद प्रकरणमा ओलीलाई प्रश्न गरेपछि मुख खोलेका हुन् ।

यस्तै ओलीले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणमा पनि बैठकमा मुख खोलेका छन् । बैठकमा उनले निर्मला प्रकरणमा सुरुमा केही कमजोरी भएपनि अहिले प्रभावकारी रुपमा छानबिन भइरहेको बताए ।

उनले भने, ‘आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाएर छाड्छौं ।’

×

Like us on Facebook