विप्लवले अग्निपीडितलाई राहत उपलब्ध गराउन आफ्ना नेता तथा कार्यकर्तालाई दिए निर्देशन

Sharing is caring!

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कालिकोटमा भएको आगलागी प्रति दुख प्रकट गरेका छन् । सोमबार कालीकोटको पातलागाउँपालिका १, खाडागाउँमा आगलागी हुँदा ८७ घर पूर्ण रूपले ध्वस्त भएका थिए ।

आगलागीमा परि सातजना घाइते हुनुका साथै २ सय ८५ जना विस्थापित हुन बाध्य भएको घटनाप्रति बिप्लवले दुःख व्यक्त गरेका छन् ।

विप्लवले मङ्गलबार एक प्रेसविज्ञप्ति जारि गरी यस दुःखद् घडीमा कालीकोटका अग्निपीडित जनतासँग नेपाल कम्युनिस्ट पार्टी साथमा रहेको बताएका छन् ।

विपतको यो घडीमा कालिकोटका सम्पूर्ण पार्टी नेता/कार्यकर्तालाई अग्निपीडित जनतालाई सह्योत राहत आपूर्ति गर्न बिप्लवले निर्देशन दिएका छन् ।

×

Like us on Facebook