एम्बुसमा परी १० प्रहरी अधिकृत मारिए

Bukirna Faso Terrosist Killed Police Offficer

Sharing is caring!

बुर्किना फासो नामको अफ्रिकी मुलुकमा विद्रोही भूमिगत एक समूहको आक्रमणबाट १० प्रहरी अधिकृतहरु मारिएका छन् । यस क्रममा तीनजना घाइते छन् । तिमध्ये दुईजनाको अवस्था गम्भीर छ ।Bukirna Faso Terrosist Killed Police Offficer

अलकायदासँग निकट मानिएको उक्त समूहले मालीको सीमासँग जोडिएको लोरोनी गाउँतर्फ जाँदै गरेको प्रहरी फोर्सलाई लक्षित गरी एम्बुस थापेको हो । घटनापछि घाइते तीनजनालाई अस्पताल पुर्याइएको छ भने प्रहरी र सेनाको टोली अहिले घटनास्थलमा खटिएको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरुले जनाए अनुसार युद्ध प्रभावित क्षेत्र बुर्किना फासोमा भएको पछिल्लो आक्रमणस्थल संवेदनशील क्षेत्र मानिँदै आएको छ । यसअघि पनि यहाँ थुप्रै आक्रमण भएका थिए ।

पछिल्लो तीन वर्षयता बुर्किना फासोमा भूमिगत समूहहरुबाट आक्रमण हुँदै आएको छ । अधिकांश आक्रमण हतियारधारी समूह अन्सारुल इस्लामले गरेका छ । जुन् अल कायदा समूहसँग निकट मानिन्छ ।