चोलेन्द्रविरुद्धका उजुरीमाथि छलफल शुरु, प्रधानन्यायाधीशले आजदेखि मुद्दा नहेर्ने

Cholendra Shamsher Rana

Sharing is caring!

१२ पुस, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि मुद्दा नहेर्ने भएका छन् । अवकाशको ठीक एक साताअघिबाट उनले इजलासमा नबस्ने निर्णय गरेको सर्बोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि मिश्रलाई करीव चार महिनाको छोटो अवधि प्रधान न्यायाधीश बन्ने मौका मिलेको थियो । उनले उमेर हदका कारण पुस १७ गते अवकाश पाउँँदैछन् ।Cholendra Shamsher Rana

अवकाशको मुखमा मुद्दाको फैसला गरेर विवादमा पर्न नचाहेको मिश्र निकट स्रोतले जनाएको छ । उनीमाथि भ्रष्टाचार र राजस्व छली तथा अर्बौं रुपैयाँ कर सम्बन्धी विवादका मुद्दा हतार–हतार फैसला गराउन अग्रसरता लिएको आरोप लागिरहेको छ ।

मिश्रले मुद्दा नहेरे पनि अन्तिम दिनसम्म पेशी तोक्ने र प्रशासनिक काम भने जारी राख्ने भएका छन् । नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस भइसकेका छन् । संसदीय सुनुवाई विशेष समितिमा उनीविरुद्ध परेका उजुरीमाथि आज छलफल हुँदैछ ।

चोलेन्द्रविरुद्ध ८ वटा उजुरी परेका छन् ।

You may have missed